नेपालका पुराना घरहरुबारे दुई विदेशी विद्यार्थीले गरे अध्ययन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

नेपालका पुराना घरहरुबारे दुई विदेशी विद्यार्थीले गरे अध्ययन

भक्तपुर। विदेशी विद्यार्थीले नेपालका पुराना घरहरुबारे गरेको केस स्टडी बिहीबार भक्तपुरमा एक कार्यक्रमवीच प्रस्तुत गरेका छन् । भुटान र लिथोनिया दुई देशका विद्यार्थीले प्रिजर्भिग एडीओवो आर्किटेक्चर अफ नेपाल विषयमा रहेर भक्तपुर र पनौतीमा गरेको दुईहप्ते केस स्टडीको फाइनिंग नेपाल इन्जिनियरिंग कलेज चाँंगुनारायण भक्तपुरमा प्रस्तुत गरे । त्यस क्रममा उनीहरुले जनचेतना, नगरपालिकाको नीति र निर्माण सामाग्रीको उपलव्धतामा ध्यान दिन सकिए मात्रै नेपालका पुराना मौलिक घर पुरानै रुपमा विकास गर्न सकिने औंल्याए ।
केस स्टडीको रिपोर्ट तीन वटा विद्यार्थीको समूहले प्रस्तुत गरेका थिए । प्रत्येक समूहमा पाँचपाँच जना गरी कुल १५ जना विद्यार्थी त्यसमा सहभागी भएका थिए । यो स्टडी विद्यार्थीहरु नै भक्तपुर र पनौतीमा १४ देखि २६ अगष्टसम्म दुई हप्ताभित्र गरेको कार्यक्रममा जनाइयो ।
विद्यार्थीको केस स्टडीका लागि भक्तपुरको लागि निर्देशक नेपाल इन्जिनियरिंग कलेजका एसोसिएट प्रोफेसर रामप्रसाद सुवालका अनुसार विद्यार्थीले भक्तपुर र काभ्रेपलान्चोकको पुराना वस्तीका घरहरुको अवलोकन भ्रमण गरेका थिए । विद्यार्थीले त्यहाँं अध्ययन भ्रमण तथा सरोकारवालाहरुसँंग अन्तर्वार्ता गरी केस स्टडी तयार पारेका हुन् । भुटानका दस जना र लिथोनियाका पाँंज जना गरी कुल १५ जना विद्यार्थी फिल्डमा पुगेर केस स्टडी तयार पारेको एसोसिएट प्रोफेसर सुवालले जनाए ।
नेपाल इन्जिनियरिंग कलेजका प्रिन्सिपल प्राडा हरिकृष्ण श्रेष्ठले साउथ एसियाका विश्वविद्यालयहरुमा समस्याको आधारमा सिकाई कार्यक्रम अन्तर्गत यो केस स्टडी भएको जानकारी गराए । विश्वविद्यालयका विद्यार्थीको स्तर तीन घण्टाको परीक्षाले मात्रै गर्न नसक्ने भन्दै उनले समस्याको आधारमा सिकाईको महत्वबारे चर्चा गरे ।
कार्यक्रममा सहभागी विद्यार्थी, सहयोगी एसोसिएट प्रोफेसरहरु, परम्परागत वस्तीको जर्गेनामा सक्रिय अभियन्ता रवीन्द्र पुरीलगायतका सरोकारवालाहरुलाई मायाको चिनाो वितरण गरिएको थियो । नेपाल इन्जिनियरिंग कलेजका प्रिन्सिपल प्राडा श्रेष्ठ, भाइस प्रिन्सिपल दुर्गाप्रसाद भण्डारी, एकेडेमिक कोअर्डिनेटर बाबुराम भट्टराईलगायतले संयुक्त रुपमा सहभागीहरुलाई प्रमाणपत्र तथा मायाको चिनो वितरण गरेका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);