बस दुर्घटना परी बेपत्ता भएका शिशुको शव भेटियो | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८०, बुधवार

बस दुर्घटना परी बेपत्ता भएका शिशुको शव भेटियो

child death body

धनगढी । बस दुर्घटनामा परेर बेपत्ता भएका अछामको कमलबजार नगरपालिकाका १८ महिने शिशुको नदी किनारमा शव फेलापरेको छ । कैलालीबाट अछामका लागि छुटेको ना५ख ९६६३ नम्बरको बस यही जेठ ७ गते डोटीको शिखर नगरपालिका–१ गेरु पानी भन्ने स्थानमा दुर्घटनामा परेको थियो । बस सेती नदी किनारमा खेसेको थियो ।

बस दुर्घटना भएको १५ दिनपछि बेपत्ता बालक अछामको कमलबजार नगरपालिका–६ का १८ महिने शिशु सुजङ्ग शाहीको दिपायल सिलगढी नगरपालिका–४ स्थित रेडियो नेपाल नजिककै नदीमा शव फेला परेको प्रहरीले जनाएको छ । बालकका परिवारलाई शव बुझाइएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रूपसिंह थापाले बताए । बस दुर्घटनामा परी मृतक बालकका आमाबुवा सहित १२ जना घाइते भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);