बालविकास स्कुलमा आठ सय ३३ बालबालिकाहरुको आँंखा जाँंच | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बालविकास स्कुलमा आठ सय ३३ बालबालिकाहरुको आँंखा जाँंच

भक्तपुर । भक्तपुरको लिवालिस्थित वाल विकास सेकेण्डरी स्कूलले गरेको दुईदिने आँखा शिविर सोमबार सम्पन्न भएको छ । कक्षाकोठामा बस्दा बोर्डमा लेखिएको नदेखिने धेरैको समस्या देखिएकोले तत्काल निरुपनका लागि शिविर गरेको स्कूलले जनाएको छ । तिलगंगा आँंखा केन्द्र अन्तर्गतको सामुदायिक आँखा केन्द्र च्याम्हािसंह भक्तपुरको प्राविधिक सहयोगमा शिविर संचालन गरिएको हो ।

बालबालिकाको पढाईमा थप सहयोग मिलोस् भन्ने हेतुले हरेक वर्ष झै यो वर्ष पनि शैक्षिक सत्रको शुरुवाती दिनमै आखा शिविर संचालन गरिएको जनाइएको छ । शिविरमा कक्षा एकदेखि कक्षा दशसम्मका जम्मा आठ सय ३३ जना बालबालिकाहरु लावान्वित भएका छन् । परीक्षणका क्रममा केही बढी समस्या देखिएका विद्यार्थीहरुलाई सामुदायिक आखा केन्द्र च्याम्हासिंह रेफर गरी अभिभावकलाई सो सम्बन्धि जानकारी दिने कार्य पनि गरिएको जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);