राष्ट्रपतिद्धारा साउन ३ गते संसद अधिवेशन आह्वान | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

राष्ट्रपतिद्धारा साउन ३ गते संसद अधिवेशन आह्वान

काडमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन्। बिहीवार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले साउन ३ गते आइतबार ४ बजेका लागि दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन्।

राष्ट्रपति कार्यालयको जारी विज्ञप्तिमा भनिएकोक छ , ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८÷३÷३१ को सिफारिसमा संवत् २०७८ साल साउन ३ गते आइतबार दिनको १६ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर, काठमाडौंमा संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ ।’

विज्ञप्ति हेर्नुहोस

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);