विवेकशील साझाँ पार्टीको महाधिवेशन शुक्रबारबाट सुरु हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

विवेकशील साझाँ पार्टीको महाधिवेशन शुक्रबारबाट सुरु हुँदै

काठमाडौं । विवेकशील साझाँ पार्टीले भोलीदेखि पहिलो महाधिवेशन गर्ने भएको छ ।

शुक्रबार बिहान १० बजे काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा महाधिवेशन उद्घाटन गर्ने विवेकशील साझाँले जनाएको छ ।

महाधिवेशन उद्घाटन कार्यक्रममा अन्य दलका नेताहरूलाई पनि निम्तो दिइएको जनाइएको छ।

महाधिवेशनका लागि तयारी पूरा भएको एक नेताले जानकारी दिए । शनिबारसम्म चल्ने महाधिवेशनबाट पार्टीलाई नयाँ नेतृत्व दिने र नीतिगत रूपमा स्पष्टता दिने बताइएको छ ।

महाधिवेशनमा देशभरका महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशन प्रतिनिधिहरुले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);