खेलकुद क्षेत्रलाई सुव्यवस्थित बनाउन आवश्यक छः सभामुख घिमिरे | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

खेलकुद क्षेत्रलाई सुव्यवस्थित बनाउन आवश्यक छः सभामुख घिमिरे

काठमाडौं, २६ माघ । सभामुख देवराज घिमिरेले खेलकुद क्षेत्रलाई सुव्यवस्थित बनाउनसके मात्र राष्ट्र र राष्ट्रियता माथि उठ्ने बताउनुभएको छ । बिहीवार सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपालद्वारा आयोजित १३औं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै यस्तो बताउनुभएको हो ।

उहाँले खेलकुदले शारीरिक, मानसिक विकास मात्रै नभइ सहकार्यलाई पनि बढाउन सहयोग गर्ने बताउनु भयो । उहाँले पहिला शारीरिक श्रमले शरीरलाई तन्दुरुस्त बनाउने गरेपनि मानिसहरु अहिले मानसिक काममा नै बढी केन्द्रित हुन पुगेकाले खेलकुदकै माध्यमबाट शरीरलाई तन्दुरुस्त राख्नुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले सार्वजनिक संस्थानहरुले गर्ने खेल क्षेत्रका कार्यक्रमलाई तल्लो स्तरबाट नै अघि बढाउन सके खेलकुदमा युवाहरुको आकर्षण बढ्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘खेलकुद हाम्रो शारीरिक, मानसिक विकास मात्रै होइन, विभिन्न इभेन्टमा सहकार्यको माध्यम पनि हो । राष्ट्र र राष्ट्रियतालाई माथि उठाउने माध्यम र शरीरलाई स्वास्थ्य बनाउन चाहिन्छ । हाम्रो समाज विकासमा हिजोको शारीरिक श्रमले शरीरलाई तन्दुरुस्त बनाउँथ्यो भने अहिले सकि नसकी त्यसबाट टाढा हुने र मानसिक काममा नै लाग्नुपर्ने र शहरीया परिवेसमा त अझ महत्व बढेको छ । सार्वजनिक संस्थानहरु मिलेर खेलकुदको क्षेत्रमा केही गरौँ भनेर लाग्नुभएको छ, यसले खेलका विभिन्न क्षेत्रमा योगदान पुगेको छ । सार्वजनिक संस्थानहरु आय, आर्जनका महत्वपूर्ण क्षेत्र हुन् ।’

सभामुख घिमिरेले खेलकुदलाई सुव्यवस्थित बनाएर खेल क्षेत्रको विकास गर्न आवश्यक रहेको बताउँदै खेलकुदले देशमा आत्मियता र गौरव बढाउने बताउनु भयो । उहाँले नेपालले खेलकुदमा प्रगति गरिरहेपनि पर्याप्त नभएको बताउनु भयो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);