विश्वासको मत दिने/नदिने निर्णय लिन कांग्रेस पदाधिकारीको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

विश्वासको मत दिने/नदिने निर्णय लिन कांग्रेस पदाधिकारीको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने वा नदिनेबारे निर्णय लिन नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । बिहान ८ बजे बस्ने बैठकले दाहाललाई विश्वासको मत दिने/नदिनेबारे ठोस निर्णय गर्नेछ ।

सोमबार साझ प्रधानमन्त्री दाहाल कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा आफूलाई विश्वासको मत माग्न पुुगेका थिए । दाहाललाई विश्वासको मत दिन देउवा सकरात्मक देखिएको स्रोतले जनाएको छ ।

पदाधिकारीसँगको छलफलपछि बिहान ९ बजे बस्ने कांग्रेस संसदीय दलको बैठकमा देउवाले पार्टीको आधिकारिक धारणा संसदहरुसमक्ष राख्नेछन् ।

प्रतिनिधिसभाको दोस्रो बैठक आज विहान ११ बजे बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा आज प्रधानमन्त्री दाहालले विश्वासको मत लिने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);