बाग्मतीका मुख्यमन्त्री जम्मरकट्टेलले आज शपथ लिदैं | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

बाग्मतीका मुख्यमन्त्री जम्मरकट्टेलले आज शपथ लिदैं

काठमाडौं । बाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले आज पद तथा गोपनियताको शपथ लिने भएका छन् । माओवादी केन्द्र बाग्मती प्रदेश संसदीय दलका नेता जम्मरकट्टेल नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्रीमा सोमबार नियुक्त भएका हुन् ।

आज बिहान साढे नौ बजे प्रदेश प्रमुख यादवचन्द्र शर्माले जम्मरकट्टेललाई शपथ गराउने कार्यक्रम रहेको छ । मुख्यमन्त्रीलाई माओवादीका २१, नेकपा एमालेका २७, राप्रपाका १३, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ जना सांसदले समर्थन गरेका थिए । उनलाई पाँच दलको समर्थन रहेको छ ।

मुख्यमन्त्री जम्मरकट्टेलले आज नै तीन सदस्यीय मन्त्रिपरिषद समेत गठन गर्ने तयारी गरेका छन् । राप्रपा र एमालेबाट एक÷एक गरी मन्त्रिमण्डल गठन गर्नेे जनाइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);