बाग्मती प्रदेशको बैठक बस्दै, मुख्यमन्त्रीले विश्वासको मत लिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

बाग्मती प्रदेशको बैठक बस्दै, मुख्यमन्त्रीले विश्वासको मत लिने

काठमाडौं, १० चैत्र । बाग्मती प्रदेश सभाको बैठक आज बस्दैछ । साढे २ बजे बस्ने बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिने कार्यक्रम रहेको छ ।

बुधबार पनि बैठक बोलाइएको थियो । सोही दिन नेपाली कांग्रेसका सांसदहरु उपस्थित नहुने भएपछि बैठक आजका लागि सारिएको हो ।

कांग्रेस संसदीय दलको बाग्मतीको बैठकले जम्मकट्टेललाई विश्वासको मत दिने निर्णय गरेको थियो ।

जम्मरकट्टेल सरकारलाई समर्थन दिएको राप्रपाले फिर्ता लिएपछि पुनः विश्वासको मत लिन लागेका हुन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);