सभामुख एमालेले पाउने निश्चित, को को छन् आकांक्षी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सभामुख एमालेले पाउने निश्चित, को को छन् आकांक्षी

काठमाडौं । प्रतिनिधिसभाको सभामुख सत्ता साझेदार दल नेकपा (एमाले)ले पाउने भएको छ ।

एमाले भित्र चार जना सभामुखका आकांक्षी देखिएका छन् । सभामुखमा एमालेका प्रत्यक्षबाट निर्वाचित भएका नेताहरु पृथ्वीसुब्बा गुरुङ, विद्या भट्टराई र छविलाल विश्वकर्मा र समानुपातिकतर्फ बाट निर्वाचित भएका रघुजी पन्तको चर्चा सुरु भएको छ ।

एमाले–माओवादीबीच साढे २ वर्ष आधा कार्याकाल दुई कार्याकाल दुवै पार्टीबाट सभामुख बनाउने सहमति पनि भएको छ । जसमध्ये पहिलो कार्याकाल एमालेले पाएको छ । सभामुुख र उपसभामुुख फरक दलको हुनुुपर्ने छ भने सभामुख पुरुष भए उपसभामुख महिला हुने संविधानमा व्यवस्था छ ।

त्यसो त संसदको अधिवेशन पुस २५ गते आह्वान गरिएको छ । सभामुख नियुक्ति नभएसम्म ज्येष्ठ सांसद पशुपति शमशर जबराले अधिवेशनको अध्यक्षता गर्नेछन् ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);