मन्त्रि बन्न लबिङ : कसले समाल्दैछन् प्रदेश सरकारका मुख्य-मुख्य पद ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

मन्त्रि बन्न लबिङ : कसले समाल्दैछन् प्रदेश सरकारका मुख्य-मुख्य पद ?

mantri

काठमाडौं, १८ माघ । एमाले र माओवादी केन्द्रले भागबन्डा गरेपछि प्रदेश सरकारका मुख्य मुख्य पद कसले समाल्ने भन्ने चर्चा सुरु भएको छ ।मुख्यमन्त्रि , सभामुख र उपसभामुखबारे दुई दलले सहमति गरे पनि व्यक्तिमा सहमति जुटिसकेको छैन ।त्यस्तै मन्त्रालयमा बाँडफाँटको टुंगो पनि लागेको छैन ।

भागबन्डाअनुसार प्रदेश ४ मा एमालेले मुख्यमन्त्री पाउनेछ । त्यस्तै सभामुख माओवादी र उपसभामुख एमालेले पाउने सहमति भएको छ ।भागबन्डामा सहमति भएपनि व्यक्तिमा सहमति जुटिनसक्दा आकांक्षी बढिरहेका छन् ।प्रदेशसभा सदस्यले सभामुख र मन्त्रीमा आकांक्ष देखाई आ आफ्नो पार्टीमा लबिङ सुरु गरिसकेका छन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);