अब नयाँ राष्ट्रपतिको खोजी हुँदै, यी हुन् दाबेदार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

अब नयाँ राष्ट्रपतिको खोजी हुँदै, यी हुन् दाबेदार

काठमाडौं, ८ माघ । भर्खरै मात्र प्रतिनिधि सभाले नयाँ सभामुख र उपसभामुख पाएको छ । अब देशले चौथो कार्यकालको लागि राष्ट्रपतिको खोजि गरिरहेको छ । फागुनभित्रै देशले नयाँ राष्ट्रपति पाउनेछ । नयाँ राष्ट्रपतिका लागि सत्ता साझेदार दल र सत्ता बाहिरका दलहरुले चलखेल सुरु गर्न थालिसकेका छन् ।

पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन ठुलो भुुमिका खेलेको नेकपा एमालेले राष्ट्रपनि आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ भने सरकारलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले पनि राष्ट्रपतिमा लबिङ थालेको छ । कांग्रेसले सभामुख र उपसभामुखको निर्वाचनजस्तै राष्ट्रपति निर्वाचनमा नहुने र आफ्नो पक्षमा मत आउने आशा गरिरहेको छ । कांग्रेसले राष्ट्रपतिमा आफ्नो दाबी स्वभाविक रुपमा लिदैै आएको छ । अर्कोतिर एमालेले सरकार गठन अघि नै माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रपति लिने सहमति भएको दाबी गर्दै आएको छ ।

प्रचण्डले भने एमालेसँग राष्ट्रपतिका लागि कुनै पनि सहमति नभएको अभिव्यक्ति दिएका थिए । र, उनले राष्ट्रपतिका लागि राष्ट्रिय सहमति खोजी गर्ने बताउँदै आएका छन् । प्रचण्डको अभिव्यक्ति प्रति एमाले संशकित बन्दै आएको छ ।

एमालेबाट राष्ट्रपतिमा नेताहरु सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, डोरमणी पौडेलको चर्चा सुरु भएको छ । पार्टीले यी मध्ये एकलाई अघि सार्ने बताइएको छ । तर माओवादी भित्र भने कांग्रेस र एमालेभन्दा बाहिरबाट राष्ट्रपति चयन गर्नुपर्ने आवाज उठ्न थालेको छ । प्रचण्डलाई आफ्नै दलभित्रबाट दबाब बढ्न थालेको छ । राष्ट्रपतिबारे कांग्रेसबाट उपसभापति पूूर्णबहादुर खड्का, रामचन्द्र पौडेल र कृष्ण सिटौला अन्यदलहरुसँग छलफल गरिरहेका छन् । माओवादीबाट नेताहरु कृष्णबहादुर महरा, जनार्दन शर्मासहितका केही नेताहरु संवादमा जुटेका बुझिएको छ ।

कांग्रेसबाट पौडेल र सिटौला राष्ट्रपति बन्ने दौडमा लागेका छन् । एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टी अध्यक्ष डा. बाबुराम भट्टराई, लोसपा अध्यक्ष महन्थ ठाकुरलगायत नेता पनि राष्ट्रपति हुुने चर्चा चलेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);