अध्यक्ष र उपाध्यक्षबीच गाडी चढ्न हानथाप ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८३, सोमबार

अध्यक्ष र उपाध्यक्षबीच गाडी चढ्न हानथाप !

sarkari gadi

काठमाडौं, १८ माघ । गढवा गाउँपालिकाकी उपाध्यक्ष शान्ति चौधरी गाउँपालिका न्यायिक समितिका संयोजक पनि हुन् ।न्यायिक समितिमा आउने हरेक मुद्धा छिनोफानोको जिम्मेवारी लिएकी शान्तिलाई मुद्धा मिलाउनकै लागि विकट वडामा पुग्नैपर्छ ।यतिमात्रै हैन, विभिन्न कार्यक्रमका लागि उनलाई विभिन्न स्थानबाट आमन्त्रण गरिन्छ । उनी भन्छिन् सवारीसाधन अभावमा कैयन् काममा पुग्न सकिएको छैन ।

गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ति चौधरी भन्छिन् गाडी माग्दा अध्यक्षज्युले जहिल्यै छैन भन्नुहुन्छ तर गडी आफ्नै घरमा राख्नुहुन्छ । गाउँपालिकाको एउटा गाडी छ । तर त्यो गाडी उनको कामकाजका लागि कहिल्यै प्रयोगमा आउँदैन ।, आजको नागरिकमा यो खबर छ ।