गाउँपालिका अध्यक्षविरुद्ध दर्ता भयो यस्तो मुद्दा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८३, सोमबार

गाउँपालिका अध्यक्षविरुद्ध दर्ता भयो यस्तो मुद्दा

रोल्पा,१८ माघ । सुकीदह गाउँपालिका अध्यक्ष वीरबहादुर खत्रीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिएको छ ।फरक फरक नाम र समयमा दुईवटा नागरिकता लिएको भन्दै मुद्दा दर्ता गरिएको हो । समाचारमा लेखिएको छ, स्थानीयवासी हरिबहादुर पुनले बुधबार जाहेरी दर्ता गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराइले मुद्दा दर्ता भएपछि अनुसन्धान थालिएको बताए ।तत्काल अनुसन्धान थाल्न मुद्दा शाखालाई निर्देशन दिइसकेको छु उनले भने ।यसअघि जाहेरीकर्ता पुनले राजनीतिक दबाबमा प्रजिअले मुद्दा दर्तामा आनाकानी गरेको आरोप लगाउँदै आएका थिए ।आजको कान्तिपुरमा खबर छ ।