राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको गुनासो– सरकारको परराष्ट्रनीति एउटै हुन सकेन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको गुनासो– सरकारको परराष्ट्रनीति एउटै हुन सकेन

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारको परराष्ट्रनीति एउटै हुन नसकेको गुनासो गर्नुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । अध्यक्ष तिमिल्सिनाले अन्य मुलुकमा कुनैपनि पार्टीको सरकार बनेपनि एउटै परराष्ट्रनीति भएको तर नेपालमा भने एउटै परराष्ट्रनीति हुन नसकेको टिप्पणी गर्नुभयो । नेपालमा सत्ता परिवर्तनसँगै परराष्ट्रनीतिहरु पनि परिवर्तन हुने गरेको भन्दै उहाँले जुनसुकै सरकार आएपनि एउटै परराष्ट्र नीति हुनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभाले पठाएका ५ वटा विधेयक अहिले शुन्यमा पुगेको भन्दै दुःख व्यक्त गर्नुभयो । आफू अध्यक्ष भइसकेपछिको दोस्रो वर्षदेखिकै विधेयकहरु अहिलेसम्म प्रतिनिधि सभाबाट पास हुन नसकेको भन्दै संसदले लापरबाही गरेर अघि बढे संसद प्रतिको विश्वास गुम्ने उहाँको भनाइ थियो ।

अध्यक्ष तिमिल्सिनाले सबै पदाधिकारीहरुले निष्पक्ष भएर काम गरे राजनीतिक नियुक्तिको दबाब कम हुँदै जाने उल्लेख गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);