पप्पु कन्स्ट्रक्सन अध्यक्ष रौनियारसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पप्पु कन्स्ट्रक्सन अध्यक्ष रौनियारसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

pappu-rauniyar

काठमाडौं, २० असोज । पप्पु कन्स्ट्रक्सनले दुईवटा पुल निर्माण गर्दा गुणस्तरहीन सामग्री प्रयोग भएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा सो कन्स्ट्रक्सनका अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले १२ जनाविरुद्ध कुल ९० करोड आठ लाख ९२ हजार ५१२ रुपियाँ बिगोसहित आरोपपत्र दायर गरेको हो । बर्दिया जिल्लाको सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको आरोप आयोगको छ ।

पप्पु कन्स्ट्रक्सनले गरेको निर्माण कार्यका विषयमा सङ्घीय संसद्देखि जनस्तरसम्म बहस र चर्चा भएको थियो । त्यति मात्र होइन, आमसञ्चार माध्यमले पनि यस विषयलाई निरन्तर समाचार सम्प्रेषण गरेपछि अख्तियारले आफ्नो अनुसन्धान पूरा गरी अदालतमा मुद्दा दायर गरेको हो ।

पुल निर्माण कार्यमा गुणस्तरहीन सामग्री प्रयोग गरेकोमा आयोगले पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियार र तत्कालीन अध्यक्ष हरिनारायणप्रसाद साह रौनियारलाई पनि विपक्षी बनाएको छ । उनीहरु दुवैसँग जनही १९ करोड ३२ लाख २५ हजार ६९५ रुपियाँ बराबर बिगो दाबी गरिएको छ । तत्कालीन अध्यक्ष हरिनारायण सङ्घीय समाजवादी फोरमका पर्साबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।

यसैगरी, एभरेस्ट इन्जिनियरिङ कन्सल्ट्यान्टका प्रोपाइटर कृष्णदेव यादवसँग एक लाख ४१ हजार २५० रुपियाँ मागदाबी गरिएको छ । कुल १२ जनामध्ये अन्य नौजना नेपाल सरकारका कर्मचारी हुन् । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ अनुसार मुद्दा दर्ता भएसँगै राष्ट्रसेवक कर्मचारी स्वतः निलम्बनमा पर्नेछन् ।

भ्रष्टाचार अभियोग लागेका कर्मचारीहरूमा सडक डिभिजन कार्यालय नेपालगन्जका तत्कालीन डिभिजन प्रमुखत्रय क्रमशः भानु जोशी, मनोज श्रेष्ठ र राजेशकुमार यादव रहेका छन् । सोही कार्यालयका निमित्त डिभिजन प्रमुख इन्जिनियर नवराज केसी, इन्जिनियरहरू प्रेमप्रसाद चुवाई, हरिबहादुर खड्का, दिपेन्द्रबहादुर विष्ट र सव इन्जिनियरद्वय कार्मा तेन्जिन तामाङ तथा गोविन्द गैरे छन् ।

यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);