संघीय संसदका सांसदहरुको मर्यादाक्रम पूर्वमन्त्रीभन्दा माथि | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

संघीय संसदका सांसदहरुको मर्यादाक्रम पूर्वमन्त्रीभन्दा माथि

काठमाडौं, ५ चैत । गृहमन्त्री रामबहादुर थापाले संघीय संसदका सांसदहरुको मर्यादाक्रम पूर्व मन्त्रीभन्दा माथि नै रहने स्पष्ट पारेका छन् । गृहमन्त्री थापाले मन्त्रीपरिषद बैठकमा प्रदेश र स्थानीय तहलाई समेत समेटेर नयाँ मर्यादाक्रम निर्धारण गर्ने विषयमा छलफल जारी रहेको उल्लेख गर्दै संघीय संसदका सांसदहरुको मर्यादाक्रम पूर्व मन्त्रीभन्दा माथि नै रहने जानकारी दिए ।

मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सदस्यहरुले पूर्व मन्त्रीहरुको मर्यादाक्रम सांसदहरुको भन्दा माथि राखिएको भन्ने समाचार आएको उल्लेख गर्दैै गृहमन्त्री थापालाई सो सम्बन्धमा स्पष्ट पार्न आग्रह गरेका थिए ।

त्यसको जवाफ दिनेक्रममा गृहमन्त्री थापाले जनप्रतिनिधिहरुको मर्यादा क्रमलाई माथिनै राख्ने राष्ट्रिय नीति रहेको उल्लेख गर्दै पूर्व मन्त्रीहरुभन्दा संघीय संसदका सांसदहरुको मर्यादा क्रम माथि नै रहने बताए । उनले नयाँ मर्यादाक्रम मन्त्रीपरिषद बैठकबाट पारित गरी छिट्टै राजपत्रमा प्रकाशित गर्ने सरकारको योजना रहेको पनि समितिलाई जानकारी गराए ।

गृहमन्त्री थापाले नयाँ मर्यादाक्रमका विषयमा सरोकारवाला निकायसँग आवश्यक छलफल भईरहेको पनि स्पष्ट पारे । बैठकमा समितिका सदस्य प्रेम सुवाल लगायतका सांसदहरुले सांसदहरुको मर्यादाक्रम पूर्व मन्त्रीको भन्दा पछाडि नराख्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका थिए ।

त्यसैगरी समितिका अर्का सदस्य अमरेशकुमार सिंहले जथाभावी नागरिकता वितरण गर्ने कर्मचारीमाथि कडा कार्वाही गर्न पनि सरकारसँग माग गरेका थिए । प्रमाण नपुगी नागरिकता दिने काम गर्नेलाई सरकारले कार्वाही गर्नैपर्ने उनको भनाई थियो ।

समितिको बैठकमा नेपाल नागरिकता ऐनलाई शंशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफललाई निरन्तरता दिइएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);