अछामका सामुदायिक विद्यालयमा खानेपानीको अभाव | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

अछामका सामुदायिक विद्यालयमा खानेपानीको अभाव

pani abhav

सुशील भण्डारी
अछाम, ६ असार
। अछामका अधिकांश सामुदायिक विद्यालयमा खानेपानीको समस्या भएको छ । खानेपानीको अभाव हुँदा विद्यार्थीहरुले घरबाटै पानी बोकेर विद्यालय जान बाध्य भएका छन् ।

पानीको चरम अभाव भएपछि अछामका सामुदायिक विद्यालयका विद्यार्थी पानीको बोतल बोकर विद्यालय जान बाध्य छन् । विद्यालयमा पानी नभएपछि पुस्तकसँगै जर्किन र डब्बामा पानी लिएर घन्टौ हिडेर बालबालिका विद्यालय जाने गरेका छन् ।

विद्यालयहरुमा पानीको अभवले पठनपाठन प्रभावित हुँदा पनि सरोकारवाले व्यवस्थापनमा चासो नदिएको विद्यालय प्रशासनको भनाइ छ । स्थानीय सरकारले विद्यालयमा भएको खानेपानी समस्या समाधानको पहल भइरहेको प्रतिक्रिया दिएको छ ।

खानेपानीको मात्र हैन भौतिक पूर्वाधारको पनि समस्या छ । अधिकांश विद्यालयको भवन जीर्ण भएका छन् । जीर्ण भवनमा जोखिम मोलेर विद्यालय संचालन गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);