विद्यार्थी शाैच गर्न घर पुग्छन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

विद्यार्थी शाैच गर्न घर पुग्छन्

तेह्रथुम । विद्यालयको नजिकै खियैखिया लागेको धारा । धारामा वर्षाैंदेखि पानी आएको देख्नसम्म पाएका छैनन् विद्यार्थीहरूले । तेह्रथुमको छथर गाउँपालिका-५ ओख्रेमा रहेको देउराली आधारभूत विद्यालयमा पानी व्यवस्थापन गर्न नसक्दा वर्षाैंदेखि विद्यार्थीहरूले समस्या भोग्दै आएका छन ।  विद्यालयमा ४५ जना विद्यार्थी अध्यायनरत छन् ।  

विद्यालय परिसरमा पानी नहुँदा शाैच गर्नसमेत समस्या हुने गरेकाे विद्यार्थीहरू बताउँछन् । विद्यालयकाे शौचालयमा पानी नहुँदा घरैमा गएर शौच गर्न पुग्ने गरेको कक्षा १ पढ्दै आएका ईतुङ लिम्बूले बताए । ईतुङ जस्तै कक्षा ५ मा पढ्दै आएकी  निसुम लिम्बू पनि घरमै गएर शौच गर्ने गरेकाे बताउँछिन् । 

विद्यालयमा पानीको व्यवस्थापनका लागि स्थानीय सरकारलाई पटक पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको  प्रधानध्यापक सिर्जना योङहाङले बताइन् । उनी भन्छिन्,  ‘शौचालय छ  । तर, पानी नै छैन । शौचालयमा पानीको व्यवस्थापन त परैको कुरा । हाम्रो पहिलो समस्या भनकै खानेपानी हो । खानेपानी सँगै भवनको पनि अभाव छ । भवन नहुँदा जीर्ण भवनमा नै विद्यार्थीलाई पढाउँदै आएका छौँ ।’

स्थानीय सरकारबाट विद्यालयको समस्या समाधानका लागि पहल गर्दै आएको भए पनि समुदायको ध्यान केन्द्रित नभएको छथर-५ का वडाध्यक्ष पुन्य ढकालले बताए । ‘२५ मिटरको दूरीमा पानीको श्रोत छ । खानेपानीको समस्या नै भन्नु भन्दा पनि व्यवस्थापनकाे खाँचो छ । हामीले हाम्रो तर्फबाट प्रयास गर्दै आएका छौँ,’ उनले भने । 
  
नेपाल सरकारले खुलf दिशामुक्त गाउँ तथा जिल्ला घोषणा गरे पनि पानीको स्राेत नहुँदा राष्ट्रिय अभियान नाममा मात्र सीमित बन्दै आएकाे छ । तेह्रथुमलाई पनि २०७२ सालमा घोषणा गरिएको थियो । घोषणा गरेको ६ वर्ष बितीसक्दा पनि अभियानले पूर्ण रुप लिन सकेको छैन । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);