देउवाको प्रपञ्च थाहा पाएपछि तत्काल सरकार नछाड्ने माओवादीको निर्णय | ईमाउण्टेन समाचार

Our Network

असार ३० २०८३, बुधवार

देउवाको प्रपञ्च थाहा पाएपछि तत्काल सरकार नछाड्ने माओवादीको निर्णय

janardan-sharma-1

काठमाण्डौँ, ३१ असोज । गृहमन्त्री जनार्दन शर्माले माअ‍ोवादी सरकारबाट तत्काल पछि नहट्ने बताएका छन् ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री शर्माले भने – ‘निर्वाचन सार्न सरकारले प्रपन्च गरिरहेको जानकारी हामीले निर्वाचन आयोगबाट थाहा पायौं,’ त्यसैले माओवादीले सरकार नछाड्ने तयारी गरेको हो। सरकारबाट बाहिरिनेबारे पार्टी अध्यक्ष पुष्पकमल दाहालले ड्राफ्ट तयार पारेर छलफल गरिरहँदा आयोगबाट यस्तो सूचना आएको हो।’

पछि आवश्यकताअनुसार सरकारबाट हट्न सक्ने सम्भावना भने यथावत रहने उनले बताए । प्रधानमन्त्री शेरबहादुर देउवाको दबावमा माओवादीले आज सरकार छाड्ने खबर बाहिरिएको थियो ।

त्यस्तै उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराले समेत आफ्नो पार्टीले सरकार छोड्ने निर्णय नलिएको स्पष्ट पारेका छन् ।

मंगलबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्ने सहमतिका साथ सरकारमा सहभागी भएकाले सो राष्ट्रिय कार्यभार पूरा गरेर मात्रै सरकारबाट हटने कुरा प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराइएको पनि स्मरण गराए ।