सरकारबाट बाहिरिने तयारीमा माओवादी, प्रचण्डले देउवालाई भेट्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं ३१ असोज । नेपाली कांग्रेसको सत्ता साँझेदार दल नेकपा माओवादी केन्द्रले सरकार छाड्ने तयारी गरेको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्दैछन्। माओवादी केन्द्रले नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले सरकार छाड्न माओवादीलाई सुझाव दिएका थिए।

माओवादीले भने एमालेसँग तालमेल गरेपनि सरकारलाई दिएको समर्थन फिर्ता नगर्ने र सरकार नछाड्ने बताएको थियो। कांग्रेसका नेताहरुले भने माओवादीले नैतिकताका आधारमा सरकार छाड्नुपर्ने बताउँदै आएका थिए। प्रधानमन्त्री देउवाले माओवादीले सम्हाल्दै आएका मन्त्रालय राप्रपालाई दिएर माओवादी मन्त्रीलाई विनाविभागिय मन्त्रालय दिने तयारी गरेपछि माओवादी सरकारबाट बाहिरिने तयारी गरेको हो।

यसअघि आफुँ निकट विद्यार्थी संगठन क्रान्तिकारीको कार्यक्रममा प्रचण्डले सरकारबाट बाहिरिने संकेत गरेका थिए। देउवा सरकारमा माओवादीका ८ मन्त्री र ४ राज्यमन्त्री सहभागी छन्। उपप्रधानमन्त्री कृष्ण बहादुर महराले केहीबेरमा मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेका छन्।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);