कांग्रेस महाधिवेशन : सर्वसम्मत नेतृत्वको लागि कपिलवस्तुमा पहल | ईमाउण्टेन समाचार

Our Network

चैत २५ २०८०, आइतबार

कांग्रेस महाधिवेशन : सर्वसम्मत नेतृत्वको लागि कपिलवस्तुमा पहल

कपिलवस्तु । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत कपिलवस्तुमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल सुरु भएको छ । जिल्ला सभापति सुरेन्द्रराज आचार्यको आह्वानमा जिल्ला र केन्द्रका शीर्ष नेताबीच छलफल भएको जिल्ला प्रवक्ता वीरेन्द्र मिश्रले बताए । ‘सर्वसम्मत नेतृत्व चयन गर्ने विषयमा सबैको सकारात्मक धारणा आएको छ । सबैले बाधक नबन्ने प्रतिबद्धतासमेत गर्नु भएको छ । गृहकार्य गरी वातावरण बनाई अर्को बैठक बस्ने निष्कर्ष आएको छ,’ प्रवक्ता मिश्रले भने ।

पहिलो चरणमा बुद्धभूमि नगरपालिका २ गोरुसिङ्गेस्थित होटेल प्रेम सागरमा आकांक्षीबीच छलफल चलाइएको थियो । छलफलमा सभापतिको दौडमा रहेका ९ जना उपस्थित रहेका थिए । सभापति आकांक्षी राजेश आचार्य, सुधाकर पाण्डे, हरिराज घिमिरे, अब्दुल कलाम मुसलमान, वीरेन्द्र प्रसाद मिश्र, केशव कुमार श्रेष्ठ, लोकनाथ शर्मा, दुर्गा सेन र सोरहत तेलीसँग पार्टीका शीर्ष नेताहरूले छलफल गरेका थिए ।

छलफलमा सभापति आचार्य, पूर्व केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपकुमार उपाध्याय, आमन्त्रित केन्दिय सदस्यहरू अभिषेक प्रताप शाह, राजेश सिंह, पूर्व सभापति तथा पूर्वमन्त्री कमलेश कुमार शर्माको उपस्थिति भएको बताइएको छ ।  

छलफल र समझदारीबाट नेतृत्व छनोट हुने हो भने पार्टी थप मजबुत हुने र नेतृत्वका लागिसमेत काम गर्न सहज हुने सभापति आचार्यको भनाइ छ ।

जिल्लाका वडा र नगर तथा गाउँ अधिवेशन सम्पन्न भएको छ । ९ पालिकामा भएको निर्वाचनमा रामचन्द्र पौडेल पक्ष हाबी देखिएको छ । यहाँ पौडेल पक्षको वर्चश्व रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);