सानातिना बिस्फोटका घटनाबाट सरकार विचलित हुँदैन : प्रधानमन्त्री देउवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सानातिना बिस्फोटका घटनाबाट सरकार विचलित हुँदैन : प्रधानमन्त्री देउवा

धनगढी (कैलाली), १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनलाई लक्षित गरेर अराजक तत्वहरूले देशका विभिन्न भागमा गराइरहेको बिस्फोटका घटना निन्दनीय भएको बताएका छन् ।

शुक्रबार धनगढीमा सञ्चारकर्मीहरूसंग कुरा गर्दै प्रधानमन्त्री देउवाले सानातिना बिस्फोटका घटनाबाट सरकार विचलित नहुने बताएका हुन् । उनले कतिपय स्थानमा भएका बिष्फोटनका घटनामा संलग्नहरूलाई सरकारले नियन्त्रणमा लिइसकेको बताए ।“सरकारले यस्ता अराजक तत्वरूलाई कुनै पनि हालतमा छोड्दैन” उनले आम मतदातालाई निर्भयपूर्वक मतदान गर्न आह्वान गरे ।

प्रधानमन्त्री देउवाले सरकारले निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन कुनै कसर बाकी नराखेको स्पष्ट पारे । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले आसन्न प्रतिनिधि सभा तथा सबै प्रदेश सभा सदस्य निर्वाचनमा कांग्रेसको पूर्ण बहुमत आउने ठोकुवा गरे ।

“कांग्रेसको बहुमत आउनेमा कुनै शंका छैन” उनले भने,“पहिलो चरणको निर्वाचनले कांग्रेसमा देशभर उत्साह थपिएको छ, हाम्रो स्पष्ट बहुमत आउछ ।” प्रधानमन्त्री देउवाले आजै अछाम र डोटीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);