वीरगञ्जका पूर्वमेयर विमल श्रीवास्तव फोरम नेपालमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८०, मंगलबार

काठमाडौं १०, कात्तिक । वीरगञ्जका पूर्वमेयर विमल प्रसाद श्रीवास्तव संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । विजय गच्छदार नेपाली कांग्रेसमा विलय भएपछि नेपाल लोकतान्त्रिक फोरमका शीर्ष नेता श्रीवास्तव फोरम नेपालमा प्रवेश गरेका हुन् ।

शुक्रबार वीरगञ्जमा आयोजित एक कार्यक्रम श्रीवास्तवलाई फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले टिका लगाएर पार्टीमा भित्र्याएका छन् । श्रीवास्तवसँगै उनका दलबलसहित सहयोगीहरु पनि फोरम नेपालमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर बिजय सरावगी, पर्सा जिल्ला अध्यक्ष प्रदिप यादव, नेताहरु प्रधुमन चौहान, शम्भु प्रसाद गुप्ता लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यसअघि स्थानीय तहको तेस्रो चरणको चुनावमा श्रीवास्तव विरगञ्ज महानगरको प्रमुख पदका लागि नेपाल लोकतान्त्रिक फोरमको तर्फबाट चुनाव लडेका थिए । नेता श्रीवास्तव यसअघि विरगञ्जका मेयर भइसकेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);