मनोनयन दर्ता पछि माओवादी मन्त्रीहरु फिर्ता बोलाउने संकेत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मनोनयन दर्ता पछि माओवादी मन्त्रीहरु फिर्ता बोलाउने संकेत

Prachanda

काठमाडौं, ११ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सुनिश्चितताको लागि सरकार नछाडेको बताएका छन्। आँफु प्रधानमन्त्रीमा बहाल रहेकै समयमा पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न गरेको र आसन्न प्रदेश र प्रतिनिधी सभाको चुनाव पनि सम्पन्न गराउन सरकारमा बसेको उनको भनाई छ। ‘चुनाव जसरी भएपनि गर्नुपर्छ,’ उनले भने, ‘चुनावकै सुनिश्चितताको लागि सरकारलाई समर्थन गरेका हौँ, मनोनयन दर्तापछि हेरफेर गर्न सकिन्छ।’

शुक्रबार प्रेस सेन्टर कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले चुनाव हुनेमा अब कुनै आशंका नरहेको बताए। निर्वाचन आयोगले पनि सोही अनुरुपको तयारी गरिरहेको उनले बताए। मुलुक अस्थिर राजनीतिबाट गुज्रिरहेको समयमा पनि आफु छोटो समयमा लागि प्रधानमन्त्री बन्दा उल्लेखनीय कार्य गरेको स्मरण गर्दै दाहालले अबको निर्वाचन पश्चात मुलुकले राजनीतिक स्थायित्वको सरकार पाउने बताए।

‘म नौ महिना प्रधानमन्त्री बन्दा, स्थानीय तहको निर्वाचन सम्पन्न गराएँ,’ उनले भने, ‘मुलुकको विकासका लागि राजनीतिक स्थायित्व जरुरी छ र निर्वाचन कुनै पनि हालतमा हुनुपर्छ।’ वाम एकताको सन्दर्भमा भने उनले यसबाट नेपाली कांग्रेस हडबडाएको टिप्पणी गरे। ‘वाम एकता एक स्वभाविक प्रक्रिया हो, कोही अत्तालिनुपर्ने जरुरी छैन्,’ उनले भने, ‘वाम एकतापछि कांग्रेसले पनि अन्य दलसँग गठबन्धन गरेको छ जुन मुलुकको लागि राम्रो हो। आजको नागरिक दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);