'बच्चा मैले मारेको छु, मैले पनि आत्महत्या गरेँ' | ईमाउण्टेन समाचार

Our Network

असोज २ २०८३, शनिबार

धनगढी, १० कार्तिक । कैलालीमा एक बाबुले आफ्नै छोराको हत्या गरि आत्महत्या गरेका छन्।
कैलालीको गोदावरी नगरपालिका–२ का विश्वेरप्रसाद जोशीले आफ्ना आठ वर्षीय छोरा अरल जोशीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।

घटनास्थलमा ‘बच्चा मैले मारेको छु, मैले पनि आत्महत्या गरेँ’ भनेर जोशीले लेखी छाडेको सुसाइड नोट फेला परेको प्रहरीले जानकारी दिएको छ।

आफुलाई धेरै ऋण लागेको कारण आत्महत्या गर्नुपरेको उक्त सुसाइड नोटमा लेखेको बताइएको प्रहरीले बताएको छ। उनले छोराको हत्या गरेर आफ्नै घरको बैठक कोठामा झुण्डिएर आत्मा हत्या गरेका थिए।

ताजा समाचार