ओलीको चेतावनी : मर्यादापालक लगाएर सदनको वेल कब्जा नगरियोस् | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

ओलीको चेतावनी : मर्यादापालक लगाएर सदनको वेल कब्जा नगरियोस्

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले मर्यादापालकलाई सीमामा राख्न सरकारलाई चेतावनी दिएका छन् । प्रतिनिधिसभा बैठकअघि एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले सांसदले विरोध र नाराबाजी गर्न पाउने वेल कब्जा नगर्न चेतावनी दिएका हुन् ।

‘मर्यादापालकको घेरा तोड्न खोज्या भए बेग्लै गर्थ्यौं । विरोध गरेको हो । मर्यादापालकले स्पेस दिनुपर्छ । वेल खाली ठाउँ हो । मन्त्री, सांसद, सभामुखको आसन होइन । सांसदहरूले गएर वेल घेर्ने चलन छ । नारा लगाउन सक्छन् । त्यसमै रोक्ने काम गर्नुहुँदैन,’ ओलीले भने ।

ओलीले मर्यादापालकको काम वेल कब्जा गर्ने नभई सुरक्षा दिने भएको बताए । ‘यदि रोक्ने काम भयो भने थप तनाव हुन्छ । मर्यादापालकले वेल कब्जा गर्ने होइन सुरक्षा दिने हो । ठाउँ नदिने भनेपछि हामी कहाँ जाने ? म भन्न चाहन्छु सत्तापक्षलाई धेरै कन्सन्ट्रेसनको विषय नबनाओस् । मर्यादापालकलाई सीमामा राखोस् । हाम्रो तर्फबाट पनि मर्यादा रहन्छ ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);