स्पष्ट मादण्ड नवनाई जिम्मेवारी बाँडफाड गरेको भन्दै नेकपामा असन्तुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

स्पष्ट मादण्ड नवनाई जिम्मेवारी बाँडफाड गरेको भन्दै नेकपामा असन्तुष्टि

nekapa

काठमाडौं, २ भदौ । नेकपा गठन भएको १५ महिनाछि सचिवालय बैठकले नेतृत्वलाई जिम्मेवारी बांडफाँड लगभग टुंग्याएको छ । ३३ वटा विभागीय प्रमुख र २२ वटा जनवर्गीय संगठन, विशेष कमिटी र सात प्रदेश सम्पर्क कमिटी लगाएतको नेतृत्व टुंगो लगाएको छ ।

विवाद बढ्दा बैठक स्थगित हुँदै र बस्दै गरी सकसले टुंग्याइएको जिम्मेवारी बाँडफांड पनि विवादमुक्त भने हुन सकेको छैन । जिम्मेवारी बांडफांडको क्रममा कसैलाई नयाँ जिम्मेवारी, कसैलाई दोहारो जिम्मेवारीदेखि कसैको बढुवा र कसैको घटुवासम्म गरिएको छ । जे होस सकसपूर्ण ढंगले नेकपाले जिम्मेवारी बाँडफाँड गरेको छ ।

जिम्मेवारी दिंदा पूर्व एमाले र पूर्व माओवादी पक्षलाई कति भन्ने छुट्याइएको देखिंदैन । नेताहरुले यसबारे मुख खोलेका पनि छैनन् । जिम्मेवारी दिइंदा पूर्व पक्षधरबीच भागबण्डा नमिल्दा नै ढिलो भएको जगजाहेर नै छ ।

पहिले दुई पार्टी एकता गर्दा ६०/४० को आधारमा गरिएको थियो । सचिवालय, स्थायी कमीटी र केन्द्रीय कमिटिको नामको टुंगो लगाउदा तत्कालीन एमालेको भागमा ६० प्रतिशत र तत्कालीन माओवादीको भागमा ४० प्रतिशतका दरले भागवण्डा गरिएकोमा अहिले त्यस्तो छुट्याइएको छैन ।

अहिले, सुदृढ पार्टी एकताका लागी भन्दै कामको आवश्यकताका आधारमा जिम्मेवारी बाडफाड गरिएको पार्टीका महासचिव बिष्णु पौडेलको भनाई छ ।

दुइ अध्यक्ष र सचिवालय सदस्यहरुले मात्र सबैको कार्यबिभाजन गर्ने जिम्मेवारी पाएका छन् । यसक्रममा कतिपय व्यक्तिलाई दोहोरो तेहेरो जिम्मेवारी मिल्ने कतिपयले भने जिम्मेवारी नै नपाउने अवस्था आएकोमा दुबै पक्षका नेताहरु भित्रभित्रै रुष्ट छन् । पार्टी एकता गर्दा महिला दलीत अल्पसंख्यक लगायतको सहभागीतालाइ ध्यान दिन नसकेको आरोप समेत नेतृत्वमाथि छ ।

सचिवालय सदस्यहरुको जिम्मेवारीलाई मात्र हेर्दा पनि प्रधानमन्त्री, संसदिय दलका नेता पार्टी अध्यक्ष गरी अध्यक्ष केपी शर्मा ओलीको तेहेरो जिम्मेवारी देखिन्छ ।

त्यसैगरी सचिवालय सदस्य वामदेव गौतमलाई पनि उपाध्यक्ष, संगठन बिभाग प्रमुख र किसान महासंघको इन्चार्ज गरी तेहेरो जिम्मेवारी मिलेको छ । सचिवालय सदस्य रामबहादुर थापालाई गृहमन्त्री र राजनकीय मामिला तथा सुशासन विभागको इन्चार्ज बनाइएको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठलाइ पार्टी प्रवक्ता र प्रचार बिभाग प्रमुखको गरि दोहोरो जिम्मेवारी मिलेको छ । अर्का सचिवालय सदस्य ईश्वर पोखरेल पनि उपप्रधानमन्त्री र पार्टी स्कुल बिभाग प्रमुख गरी दोहोरो जिम्मेवारी मिलेको छ ।

वरिष्ठ नेता झलनाथ खनाललाई वरियतामा बढुवा गरिएको देखिन्छ भने वरिष्ठ नेता माधव नेपाललाई वरियतामा तेश्रो स्थानबाट घटुवा गरी चौंथोमा लगिएको छ । यसबाट खनाल खुशी देखिन्छन भने नेपाल रुष्ट देखिन्छन् । स्पष्ट मापदण्ड नवनाइ पार्टी नेताहरुको जिम्मेवारी वाडफाड गर्दा सवैले समान अवसर पाउन नसकेको कतिपय नेताहरु बताउँछन् ।

यसअिघ सचिवालय सदस्य एवं वरिष्ठ नेता माधव कुमार नेपाल र वामदेव गौतमले एक व्यक्ति एक पद हुनुपर्ने आवाज उठाउदै आउनु भएको थियो । तर आइतवार वसेको सचिवालय बैठकले नेताहरुलाइ दोहोरो तेहेरो जिम्मेवारी समेत दिएको छ ।

वरिष्ठ नेता नेपालले जनवर्गीय संगठनको नेतृत्व चयनको विषयलाई लिएर नोट अफ डिसेन्ट नै लेख्नु भएको छ । पोलिटव्युरो गठन, केन्द्रीय अनुशासन आयोग,केन्द्रीय निर्वाचन आयोग, प्रवास कमिटि लगायतमा नेकपाले अझै जिम्मेवारी बाडफाड गर्न बाकि छ । अघिल्लो जिम्मेवारी बाँडफाँड विवादरहित हुन नसकेकोमा बाँकी जिम्मेवारी कस्तो हुने हो त्यो भने हेर्न बाँकी नै छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);