रवि लामिछानेप्रति प्रधानमन्त्री ओलीको टिप्पणी - देश चलाउन सहकारी ठगे जस्तो हुँदैन | ईमाउण्टेन समाचार

Our Network

जेठ १९ २०८३, बुधवार

रवि लामिछानेप्रति प्रधानमन्त्री ओलीको टिप्पणी – देश चलाउन सहकारी ठगे जस्तो हुँदैन

मंसिर २४, सोमबार
प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाउन सहकारी ठगेको जस्तो नहुने टिप्पणी गरेका छन् ।आइतवार झापाको दमकमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अभियुक्त रवि लामिछानेप्रति लक्षित गर्दै देश चलाउन सहकारी ठगेको जस्तो नहुने टिप्पणी गरेका हुन् ।

उनले देश चलाउन सिद्धान्त, नीति, संकल्प र अठोट चाहिने बताए ।देश चलाउन अरुलाई बुरुक—बुरुक उफ्रिएर मुख छोडे जस्तो नहुने उनको भनाइ थियो । नयाँ राजनीतिक शक्तिहरुलाई बाँसको झ्याङमा उम्रिएको नर्कटको संज्ञा दिए । उनले केहीबेर चम्किने र छिटै सेलाउने भन्दै प्रधानमन्त्री ओलीले कोही पनि नयाँ शक्तिबाट देश बन्ने भ्रममा नपर्न आग्रह गरे ।प्रधानमन्त्री ओलीले झुट, भ्रम फैल्याएर अराजकता मच्चाउनेलाई सरकारले नछोड्ने बताए । उनले लोकतन्त्रलाई अझ सुदृढ गर्ने तर मास्न नदिने बताए ।

Leave a Reply