अहिले जस्तो सुशासन नेपालमा कहिल्यै कायम नभएको प्रधानमन्त्रीको भनाई | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८०, बुधवार

अहिले जस्तो सुशासन नेपालमा कहिल्यै कायम नभएको प्रधानमन्त्रीको भनाई

बुटवल, १ फागुन । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीको ओली पक्षका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पालामा जस्तो विकास र सुशासन नेपालमा अहिलेसम्म कसैले नगरेको जिकिर गर्नुभएको छ ।

बुटवलमा भएको आमसभामा ओलीले आफू प्रधानमन्त्री भएपछि गरेको भन्दै सयौँ कामको फेहरिस्त पनि बताउनुभएको छ । ओलीले केहि नराम्रो आचरण भएका व्यक्ति बाहिरिएपछि पार्टी सही बाटोमा हिँड्न लागेको बताउनुभएको छ ।

ओलीले प्रचण्ड, माधव कुमार नेपाल लगायतका नेताहरुका कारण तीन वर्षसम्म पार्टी गतिशिल नभएको तर उनीहरु बाहिरिएपछि अहिले पार्टी गतिशिल भएको दाबी गर्नुभयो ।

दाहाल–नेपाल पक्षले नेकपालाई पार्टीको रुपमा नभई गुटको रुपमा चलाउन खोजेको र देश विकास गर्ने सरकारको उदेश्यमा भाँजो हाल्न खोज्दा समस्या आएको प्रधानमन्त्री ओलीको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);