काठमाडौँ ।
सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बहालवाला प्रहरी महानिरीक्षकको जिम्मेवारी हेरफेरलाई कारबाहीका रूपमा बुझ्न नहुने बताउनुभएको छ । बिहीवार मन्त्रिपरिषद् बैठकपछि सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । बैठकले यसअघि अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ । मन्त्री पोखरेलले प्रहरी महानिरीक्षक कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारका रूपमा जिम्मेवारी दिइएको र नयाँ प्रहरी महानिरीक्षक नियुक्त भइसकेकाले यसलाई सामान्य जिम्मेवारी हेरफेरका रूपमा मात्र बुझ्नुपर्ने बताउनु भयो । उहाँले बिचौलिया इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणअघि दुई दिन प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले मोबाइल लगेको हो ? भनि सञ्चारकर्मीले सोधेको विषयमा अनभिज्ञता प्रकट गर्नुभयो । उक्त विषय बाहिर आएको हल्ला मात्र भएको उहाँको भनाइ छ ।हालका आईजीपी कार्कीलाई सरकारले प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ ।
This website uses cookies.