प्रथम प्रकाश दाहाल स्मृति भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रथम प्रकाश दाहाल स्मृति भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई

npc vs army

काठमाडौं, ४ असोज । वर्षाको कारण गत हप्तादेखि स्थगित हुँदै आएको प्रथम प्रकाश दाहाल स्मृति युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनल शनिवार सम्पन्न भएको छ । राष्ट्रिय स्तरका खेलाडीहरु सम्मीलित भलिबल प्रतियोगितामा बर्षाको कारण फाइनल खेलनै स्थगित गर्नुपर्ने अवस्था आउँदा नेपालमा खेल पुर्वाधार विकाशको अवस्था लज्जास्पद रहेको देखिएको छ ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको मैदानमा गत सोमवार हुने भनिएको त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीचको खेलमा बर्षा बाधक बनेपछि स्थगित भएको थियो । त्यसपछि मंगलबार तय भएको खेलमा पुन मौसमले साथ नदिएपछि आयोजक पक्षले शनिबारको लागि फाइनल खेल तय गर्यो ।

शनिवार सम्पन्न फाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई तीन शुन्यको सोझो सेटमा हराउँदै उपाधि उचालेको छ । तिनवटै सेटमा त्रिभुवन आर्मी क्लबलाइ २५–२२ ले हराएको पुलिसले ५ लाख रुपैया हात परेको छ भने उपविजेता बनेको आर्मीले ३ लाखमा चित्त बुझाएको छ ।

प्रगतिशिल युवा नेपाल गोरखा काठमाडौंको आयोजनामा भाद्र २४ गतेबाट प्रतियोगिता सुरु भएको थियो । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब तथा ससस्त्र प्रहरी बल गरी तीन विभागिय टोलीले सहभागिता जनाएका थिए भने अन्य ५ टोलीहरु ढोरपाटन स्पोर्टस् क्लब, गण्डकी प्रदेश, गल्कोट स्पोर्टस् क्लब, जावलाखेल भलिबल ट्रेनिङ सेन्टर र प्रगतिशील युवा क्लब गरी कुल ८ टोलीले सहभागिता जनाएका थिए ।

प्रगतिशिल युवा नेपालका अध्यक्ष दीपक थापाले खेलाडीलाई नयाँ ऊर्जा थप्नका लागि खुला भलिबल प्रतियोगिताको आयोजना गरीएको जानकारी दिनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);