ला लिगाः बार्सिलोना र एथ्लेटिको मड्रिड बराबरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एजेन्सी, २९ असोज । ला लिगा फुटबल अन्तगर्त शनिबार राती भएको बार्सिलोना र एथ्लेटिको मड्रिड बिच भएको खेल बराबरीमा रोकिएको छ । खेल १–१ को बराबरीमा रोकिएको हो । अहिलेसम्मको ७ खेलमा अपराजित रहदै आएको बार्सिलोना एथ्लेटिकोसँग बराबरीमा रोकिएसँगै उसको बिजयी यात्रा टुगिंएको हो ।

घरेलु मैदानमा भएको खेलको पहिलो हाफको २१ औं मिनेटमा साउल निगुएजको गोलबाट एथ्लेटिको मड्रिडले अग्रता लिएको थियो । बार्सिलोनाका लागि लुइस स्वारेजले ८२ औं मिनेटमा बराबरी गोल फर्काएर हारबट जोगाए । स्वारेजले यो सिजन ला लिगामा तीन गोल गरेका छन् ।

लियोनल मेस्सीले दोस्रो हाफको सुरुमा फ्रि–किक मार्फत प्रहार गरेको बल पोस्टमा लागेर फर्किएको थियो । क्याटलान क्लब बार्सिलोनाको अक्टोबर १ मा क्याटालोनियामा भएको विवादास्पद जनमतसंग्रह पछि पहिलो राजधानी भ्रमण हो ।

स्पेनको राजधानी मड्रिडस्थित एथ्लेटिकोको मैदानमा खेल जारी रहँदा अधिकांश दर्शकले स्पेनको झण्डा देखाएर राष्ट्रिय एकताको आह्वान गरेका थिए ।

स्पेनमा क्याटालोनियाको स्वतन्त्रता सम्बन्धी विवाद उत्कर्षमा पुगेका बेला फुटबल मार्फत् एकताका लागि स्पेनीहरुले राजनीतिक नेतृत्वलाई आग्रह गरेका हुन् । उनीहरुले हामी ला लिगा फुटबलमा बार्सिलोना चाहन्छौं भन्ने प्लेकार्ड पनि देखाएका थिए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);