ला लिगामा बार्सिलोना र इस्पान्योल बराबरीमा रोकियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

ला लिगामा बार्सिलोना र इस्पान्योल बराबरीमा रोकियो

एजेन्सी, २२ माघ । स्पेनिस ला लिगा अन्तर्गत  शीर्ष स्थानको बार्सिलोना बराबरीमा रोकिएको छ ।

गएराति भएको खेलमा बार्सिलोनाले १५ औं स्थानको इस्पान्योलसँग १–१ गोलको बराबरी खेलेको हो । बार्सिलोना हारतर्फ उन्मुख भइरहेका बेला खेल सकिन ८ मिनेट बाँकी रहँदा जेरार्ड पिकेले बराबरी गोल फर्काए । इस्पान्योलले खेलको ६६ औं मिनेटमा मोरेनोको गोलमा अग्रता लिएको थियो । तर ८२ औं मिनेटमा बराबरी गोल फर्काएर पिकेले बार्सिलोनालाई ला लिगामा लगातार २२ खेलमा अपराजित टीमको रेकर्ड राखे । बराबरीपछि बार्सिलोनाको ५८ अंक भएको छ ।

ला लिगामा गएराति नै भएको अर्को खेलमा दोस्रो स्थानको एथ्लेटिको मड्रिडले तेस्रो स्थानको भ्यालेन्सियालाई १–० ले पराजित गरेको छ । भ्यालेन्सियामाथि जित दर्तासँगै एथ्लेटिको मड्रिडले बार्सिलोनासँगको दूरी ९ अंकमा झारेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);