खेलमा उपाधि जित्न प्रशिक्षकको भूमिका उल्लेखनिय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

खेलमा उपाधि जित्न प्रशिक्षकको भूमिका उल्लेखनिय

किशन भण्डारी
काठमाडाैं, २२ माघ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा उपाधि जित्न प्रशिक्षकको उल्लेख्य भूमिका हुन्छ । तर कुनै पनि खेल राम्रो भयो भने सहभागीता जनाउने खेलाडीको नाम मात्र प्राथमिकता साथ बढी चर्चामा आउने गर्छ । उत्तिकै मिहेनत गरेपनि आफ्नो नाम चर्चामा नआउँदा समेत प्रशिक्षकहरु खेलाडीको सफलतामा खुशी हुने गरेका छन् ।

खेलाडीलाई सुधार गर्ने पहिलो स्रोत सम्बन्धित खेलका प्रशिक्षक हुन् । खेलमा खेलाडीको मनोबल बढाइराख्न तथा शारीरिक एवम् मानसिकरुपमा उनीहरुलाई स्फूर्त बनाउन प्रशिक्षकले कुनै कसर छोडेका हुँदैनन् । खेलाडीलाई तयार गर्न प्रशिक्षकले अभिभावकले सरह भूमिका निभाएका हुन्छन् ।

तर खेलाडीको तुलनामा प्रशिक्षकहरुको निकै कम चर्चा हुने गरेको छ । प्रशिक्षकहरुले पारिश्रमिक र सुविधा पनि खेलाडीले भन्दा निकै कम पाउने गरेका छन् । यति हुँदाहुँदै पनि प्रशिक्षकहरु खुशी देखिन्छन् । राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा आफू मातहतका खेलाडीले राम्रो पारिश्रमिक पाउनु नै आफ्ना लागि गर्वको विषय भएकाे बताउँछन् ।

यता पूर्वाधारकै अभावकाबीच राष्ट्रिय भलिबल टोलीलाई विश्वमा चिनाउन आफ्नै व्यक्तिगत पहलमा प्रशिक्षण दिइरहेका भलिबलका प्रशिक्षकले सरकारले दिइरहेको सेवा सुविधा कम भएपनि आफु सन्तुष्ट नै रहेको बताएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्ले कामका आधारमा प्रशिक्षकहरुलाई सेवा सुविधा दिने गरिएको बताएको छ । प्रशिक्षकको सेवा सुविधा बृद्धिका लागि परिषद्ले सरकारलाई घच्घच्याइरहेको परिषद्का सदस्यसचिव केशवकुमार विष्टको भनाइ छ ।

खेलको नतिजापछि प्रशिक्षकहरु सञ्चार माध्यममा छाउने गरेका छन् । तर चर्चाले मात्र पुग्दैन । यसैले खेल र खेलाडीलाई चर्चामा ल्याउन भूमिका खेल्ने प्रशिक्षकको उचित कदर गर्नतर्फ परिषद्ले परिणाम देखिने गरी पाइला चाल्नुपर्छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);