कैलालीमा १४ वर्ष मुनिका खेलाडीलाई प्रशिक्षण दिन सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कैलालीमा १४ वर्ष मुनिका खेलाडीलाई प्रशिक्षण दिन सुरु

श्रवण देउवा
कैलाली, २ असोज । कैलाली जिल्ला फुटवल संघले चौध वर्ष मुनिका १ सय ६० खेलाडीलाई तालिम दिन शुरु गरेको छ । कैलालीमा ६ देखि १२ वर्षका बालबालिकालाई फुटबल सीप सिकाएर राष्ट्रिय खेलाडी बनाउने लक्ष्य अनुरुप तालिम शुरु गरेको हो ।

अखिल नेपाल फुटबल संघ र कैलाली जिल्ला फुटबल संघको समन्वयमा तालिम दिन शुरु भएको हो । संस्थाले फुटवलमा राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देस्यले सदरमुकामका १ सय ६० बालवाललिकालाई फुटबल सीपको तालिम दिएको हो ।

उनीहरूलाई प्रत्येक शुक्रबार ५ बजेपछि र शनिबार ८ बजेदेखि प्रशिक्षण दिईने छ । नेपालको फुटवल क्षेत्र निकै कमजोर हुँदै गैरहेको अबस्थामा प्रशिक्षण फलदायी हुने कैलाली जिल्ला फुटवल संघका अध्यक्ष मोहित शाहले बताए ।

अभियानले गाउँ, नगर शहर हुँदै राष्ट्रिय स्तरसम्म खेलाडी उत्पादन गर्न ग्रास रुट प्रशिक्षणले महत्वपुर्ण भुमिका खेल्ने विद्यार्थीका अभिभावकहरुले बताएका छन् ।

एन्फाले देशका ६ हजार बालबालिकालाई ग्रासरुट तालिम दिन लागेको छ । देशका ४५ जिल्लामा एकै प्रकारको तालिम दिइँदै छ । एन्फाले सुरु गरेको बालबालिकालाई फुटबलको सीप सिकाएर लिग खेल खेलाउँदै राष्ट्रिय टोली तयार गर्ने लक्ष्य लिएको छ ।

एन्फाले देशका ३५ खेल मैदानलाई ग्रास रुट तालिमकै लागि तयारी गर्न ५/५ लाख रुपैयाँ दिएको छ । सानै देखी फुटवल प्रशिक्षण पाएपछि प्रशिक्षार्थीहरुमा उत्साह छाएको छ ।

उनीहरु ग्रास रुट फुटवल प्रशिक्षणबाट राष्ट्रिय खेलाडी बन्ने लक्ष्य पुरा हुने बताउँछन् । यो प्रशिक्षणले नेपालको फुटवलको बिकासमा कोशेढुङ्गा सबित हुने देखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);