युरोपियन च्याम्पियन्स लिगको आजबाट नयाँ सिजन सुरु हुँदै | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०७९, बुधवार

युरोपियन च्याम्पियन्स लिगको आजबाट नयाँ सिजन सुरु हुँदै

champions league

एजेन्सी, ३१ भदौ । युरोपियन च्याम्पियन्स लिग फुटबलको नयाँ सिजन मंगलबारबाट सुरु हुँदैछ । समूह चरणका आठ खेलमा इंग्लण्डको लिभरपुलले इटालीको नापोलीसँग उसैको मैदानमा खेल्दा अर्को ईग्लिस क्लब चेल्सीले आफ्नै मैदानमा स्पेनको भ्यालेन्सियासँग खेल्नेछ ।

यता जर्मनीमा हुने खेलमा बोरुसिया डर्टमण्ड र बार्सिलोना भिड्ने छन् । मंगलबार राति नै इटालीको ईन्टर मिलानले चेक गणतन्त्रको स्लाभिया प्रागको सामना गर्नेछ । फ्रान्सको लियों र रुसको जेनिथ, अष्ट्रियाको साल्जबर्गबीच खेल हुनेछ भने बेल्जियको गेन्कले पोर्चुगलसँग खेल्नेछ । बेनिफीका र जर्मनीको आरबी लेप्जीग तथा नेदरल्याण्ड्सको आयाक्स र फ्रान्सको लिल् भिड्ने छन् ।