नेपालविरुद्ध हङकङ : पुजाको स्थानमा विमलाले खेल्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेपालविरुद्ध हङकङ : पुजाको स्थानमा विमलाले खेल्ने

काठमाडौं । एएफसी महिला एसियन कप २०२२ छनोटअन्तर्गत दोस्रो खेलमा हङकङसँग खेल्ने नेपाली टोलीको सुरुवाती एघार सार्वजनिक भएको छ  ।

उज्वेकिस्तानको जेएआर स्टेडियममा हुने दोस्रो खेलमा लागि नेपाली टोलीको प्लेइङ सेट सार्वजनिक भएको हो । खेल नेपाली समयअनुसार दिउसो ३:४५ बजे सुरु हुनेछ । 

प्रशिक्षक फिलिप्स ग्यारीले फिलिपिन्ससँगको खेलबाट १ मात्रै खेलाडी परिवर्तन गरेका छन् । चोट बोकेकी पुजा रानाको स्थानमा विमला विकले हङकङविरुद्ध खेल्ने छिन् । विमलाले फिलिपिन्सविरुद्ध दोस्रो हाफमा मैदान प्रवेश गर्दै डेब्युसमेत गरेकी थिइन् । 

रेनुका नगरकोटीको कप्तानीमा हङकङविरुद्ध खेल्ने सुरुवाती-११ मा प्रिती राई, सविता राना मगर र विमला चौधरीले अट्याकको भूमिका निभाउने छन् ।

यस्तै मिडलाइनमा रेनुकासहित, दिपा राई, मन्जली कुमारी योन्जन र सरु लिम्बुलाई जिम्मेवारी दिइएको छ ।

यस्तै डिफेन्समा हिरा कुमारी भुजेल, गीता राना, अमृता जैशी र विमला विक रहेकी छन् । गोलरक्षकमा भने एन्जिला तुम्बाप्पो सुब्बा रहेकी छन् ।

यसअघि पहिलो खेलमा नेपाल फिलिपिन्ससँग २-१ गोल अन्तरले पराजित भएको थियो ।

नेपालको सुरुवाती-११

गोलकिपर – अन्जिला सुब्बा
डिफेन्डर – हिरा कुमारी भुजेल, अमृता जैशी, गीता राना, विमला विक
मिडफिल्डर – रेनुका नगरकोटी, सरु लिम्बु, मन्जली कुमारी योन्जन
फरवार्ड – प्रिती राई, सबिता राना मगर, विमला चौधरी

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);