चोनबुरीविरुद्ध खेलकाे ११ सार्वजनिक : गोलरक्षक दीप र प्रशान्तलाई मौका, अनन्त कप्तान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

चोनबुरीविरुद्ध खेलकाे ११ सार्वजनिक : गोलरक्षक दीप र प्रशान्तलाई मौका, अनन्त कप्तान

काठमाडौं । थाइल्यान्ड शीर्ष डिभिजन क्लब चोनबुरी एफसीविरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको सुरुवाती एघार सार्वजनिक गरिएकाे छ । प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले चोनबुरीविरुद्ध अनन्त तामाङको कप्तानीमा युवा खेलाडीलाई मौका दिएका छन् ।

जहाँ राष्ट्रिय टोलीबाट डेब्यु नपाएका गोलरक्षक दीप कार्की र मिडफिल्डर प्रशान्त अवस्थीसमेत छन् । सन्तोष तामाङ, नविन गुरुङ, आशिष लामा र सुभाष गुरुङले समेत मौका पाएका छन् । यसअघि नेपालले थाइल्यान्डविरुद्ध भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल २-० ले गुमाएको थियो । 

नेपाली टोली 

गोलरक्षकः दीप कार्की

रक्षकः सुमन अर्याल, अनन्त तामाङ (कप्तान), दिनेश राजवंशी, गौतम श्रेष्ठ

मिडफिल्डरः सन्तोष तामाङ, नविन गुरुङ, एरिक विष्ट , सुभाष गुरुङ

स्ट्राइकरः आशिष लामा, प्रशान्त अवस्थी

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);