साफ च्याम्पियनसिप : श्रीलंकाविरुद्ध नेपालको सम्भावित प्लेइङ सेट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

साफ च्याम्पियनसिप : श्रीलंकाविरुद्ध नेपालको सम्भावित प्लेइङ सेट

काठमाडौं । पहिलो खेलमा आयोजक माल्दिभ्सविरुद्ध जित हासिल गरेको नेपालले पुरुष साफ च्याम्पियनसिपको दोस्रो खेलमा सोमबार श्रीलंकाको सामना गर्दैछ ।

मालेस्थित राष्ट्रिय रंगशालामा हुने खेल नेपाली समयअनुसार रातको पौने १० बजे सुरु हुनेछ । प्रतियोगितामा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । यसअघि नेपालले आयोजकसमेत रहेको बलियो प्रतिद्वन्द्वी माल्दिभ्सलाई १-० गोल अन्तरले पराजित गरेको थियो ।

यता, श्रीलंका भने प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछ । १० खेलाडीमा सीमित श्रीलंका पहिलो खेलमा बंगलादेशसँग १-० गोलअन्तरले पराजित भएको थियो । 

प्रतियोगिताअघि भएको प्रि-म्याच पत्रकार सम्मेलनमा दुवै टोलीका प्रशिक्षकले खेल जित्ने योजना सुनाएका थिए । नेपाल र श्रीलंकाबीच हालसम्म भएको खेलमा श्रीलंका बलियो देखिएको छ । १७ खेलमा ६ खेल श्रीलंकाको पक्षमा गएको छ भने नेपालको पक्षमा ३ खेल छ । ८ खेल बराबरमा सकिएको छ । 

दोस्रो खेलअघि प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले फिफा वरीयतामा श्रीलंका नेपालभन्दा कमजोर रहे पनि उसलाई कमजोर नआँक्ने र सम्भावित योजनाबाट बचेर खेल्ने बताएका छन् । 

कप्तान किरणकुमार लिम्बूले समेत अघिल्लो खेलमा माल्दिभ्ससँगको खेलमा झै ९० मिनेट मेहनत गरेर खेल जित्ने योजनासहित मैदान उत्रने बताएका छन् । 

दोस्रो खेलमा श्रीलंकाविरुद्ध प्रशिक्षक अब्दुल्लाहले पूरा खेलमा रक्षात्मक खेल्दै पुनः एक पटक काउन्टर खेललाई प्राथमिकतामा राख्नेछन् । 

श्रीलंकाविरुद्ध सोमबार नेपाली टोलीमा कुनै चोट हुने छैन । पहिलो खेलमा औसत प्रदर्शन गरेका खेलाडीबाट केही खेलाडीसमेत परिवर्तन हुन सक्छन् । 

यसअघि नेपालको अग्रपंक्ति सम्हालेका नवयुग श्रेष्ठ दोस्रो खेलमा बेन्चमा रहन सक्छन् । उनको स्थानमा आशीष लामाले खेल्न सम्भावना छ । 

अन्य पोजिसनमा भने अब्दुल्लाहले सोही खेलाडी मैदान उतार्न सक्छन् । राइट विंगरमा भने अन्जन विष्टको स्थानमा सुमन लामा खेल्न सक्छन् । यसअघि गोल गरेका मनिष डाँगीले पुनः एक पटक बेन्चबाटै सुरुवात गर्ने सम्भावना छ । 

अघिल्लो खेलमा उत्कृष्ट प्रदर्शन गरेका गोलरक्षक लिम्बूले कप्तानीसहित गोलपोष्टको जिम्मेवारी सम्हाल्नेछन् । 

यता, डिफेन्स लाइनमा समेत कुनै परिवर्तन हुने छैन । लेफ्ट ब्याकमा सुमन अर्याल रहँदा राइट ब्याकमा गौतम श्रेष्ठले जिम्मेवारी बहन गर्नेछन् ।  

यस्तै, सेन्टर ब्याकमा दिनेश राजवंशी र अनन्त तामाङ सदावहार छन् । प्रशिक्षक अब्दुल्लाहले डिफेन्सिफ मिडमा पुनः एक पटक पुजन उपरकोटी र रोहित चन्दलाई जिम्मा लगाउने छन् । यस्तै लेफ्ट विंगरमा सुजन श्रेष्ठ रहँदा राइटमा सुमन लामा रहन सक्छन् । नेपाली टोलीको एक्लो सेन्टर फर्वाडमा आशीष लामा रहन सक्ने सम्भावना छ । 

अघिल्लो खेलमा झै विशाल राई, मनिष डाँगी, आयुष घलान, नितिन थापालगायत वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गर्न सक्छन् । 


नेपालको सम्भावित प्लेइङ सेट 
गोलरक्षक – किरणकुमार लिम्बू (कप्तान)
डिफेन्डर– सुमन अर्याल, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ
मिडफिल्डर– पुजन उपरकोटी, रोहित चन्द, तेज तामाङ
स्ट्राइकर – सुजल श्रेष्ठ, सुमन लामा, आशीष लामा

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);