सावित्राकाे घुँडाको चोटको शल्यक्रिया आज | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सावित्राकाे घुँडाको चोटको शल्यक्रिया आज

काठमाडाैं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारीको आज (बिहीबार) घुँडाको चोटको शल्यक्रिया गरिने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सावित्राको चोटको शल्यक्रिया बिहीबार हुने जनाएको छ  । उनको घुडाँको शल्यक्रिया कतारको दोहास्थित अस्पेटार अस्पतालमा हुनेछ । 

सावित्राले राष्ट्रिय महिला लिग खेल्दा दायाँ घुँडामा गम्भिर चोट बोकेकी थिइन् । उनको दायाँ घुँडाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसीएल) मा गम्भीर चोट लागेको थियो ।

राष्ट्रिय टोलीकी सर्वाधिक गोलकर्ता साम्बाले  १० खेलमा ४३ गोल गरेकी थिइन् ।  उनी लिगको उत्कृष्ट फरवार्ड चुनिएकी थिइन् ।

एन्फाले कतारमा उनको उपचारको प्रबन्ध अस्पेटार अस्पतालमा मिलाएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);