बाग्मति प्रदेशस्तरीय फुटवल प्रतियोगितामा नुवाकोट युनाइटेड धादिङ समाजसँग पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

बाग्मति प्रदेशस्तरीय फुटवल प्रतियोगितामा नुवाकोट युनाइटेड धादिङ समाजसँग पराजित

नुवाकोट, १० फागुन । नुवाकोटको बट्टारमा जारी बाग्मति प्रदेशस्तरीय फुटवल प्रतियोगिता अन्र्तगत सोमवार घरेलु टोली नुवाकोट युनाइटेड धादिङ समाजसँग पराजित भएको छ ।नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा सोमबार नुवाकोट युनाइटेड धादिङ समाजसँग १–० गोल अन्तरले पराजित भएको हो ।

जितसँगै धादिङ समाज सेमिफाइनलमा प्रवेश गर्ने पहिलोे टोली बनेको छ । धादिङ समाजका तर्फबाट खेलको पहिलो हाफमा जितेन कडेलले गोल गर्दै टोलीलाई जित दिलाएका हुन् । जितसँगै ७ अंकका साथ धादिङ समाज तालिकाको पहिलो स्थानमा रहदै सेमिफाइनलमा पुगेको हो ।

पराजित भएसँगै घरेलु टोली नुवाकोट युनाइटेडको सेमिफाइनल प्रवेश गर्ने झिनो आशा भने कायमै छ । नुवाकोट युनाइटेड सेमिफाईनल प्रवेशकालागि अन्य टोलिको नतिजामा भर पर्नु पर्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);