बाग्मती प्रदेशस्तरीय फुटबलमा नुवाकोट र धादिङको जित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बाग्मती प्रदेशस्तरीय फुटबलमा नुवाकोट र धादिङको जित

नुवाकोट, ८ फागुन । नुवाकोटको बट्टारमा जारी बाग्मती प्रदेशस्तरीय फुटबल प्रतियोगिता अन्तर्गत शनिवार भएको खेलमा घरेलु टोली नुवाकोट युनाइटेड र धादिङले जित हात पारेका छन् ।

नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा सम्पन्न दोस्रो खेलमा घरेलु टोली नुवाकोट युनाइटेडले दोलखालाई २—१ गोल अन्तले पराजित गरि समुहको शिर्ष स्थानमा पुगेको छ ।

जितपछि घरेलु टोली नुवाकोट युनाइटेड ६ अंकका साथ तालिकाको पहिलो स्थानमा उक्लिएको छ भने दोलखा एक अंकका साथ तेस्रो स्थानमा छ ।

यसअघि आजै भएको समुह बि को दोस्रो खेलामा धादिङले सिन्धुलीमाथि ४—० को जित हात पारेको छ । जितपछि धादिङ ४ अंकसहित समुहको दोस्रो स्थानमा उक्लिएको छ भने सिन्धुली समुहको अन्तिम स्थानमा छ ।

प्रतियोगिता अन्तर्गत आईतवारको पहिलो खेलमा काभ्रे र मकवानपुर तथा दोस्रो खेलमा चितवन र ललितपुरविच प्रतिष्पर्धा हुने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);