आज इङ्ल्यान्ड र स्वीडेन तथा क्रोएसिया र रुसबीच भिडन्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

आज इङ्ल्यान्ड र स्वीडेन तथा क्रोएसिया र रुसबीच भिडन्त

काठमाडौं, २३ असार । विश्वकप फुटबल अन्तर्गत आज क्वाटरफाइनलका दुई खेल हुँदै छन् ।  सामरा एरिनामा वेलुकी ७ः४५ बजे इङ्ल्यान्ड र स्वीडेन भिड्नेछन् । अन्तिम १६ मा कोलम्बियालाई हराउँदै इङ्ल्यान्ड र स्वीजरल्याण्डलाई हराउँदै स्वीडेन क्वाटरफाईनलमा पुगेका हुन् ।

इङ्ल्यान्ड र स्वीडेनबीचको यसअघिको रेकर्ड हेर्दा इङ्ल्यान्डलाई साँघुरो अग्रता छ । दुई टोली २४ पटक आमनेसामने हुँदा इङ्ल्यान्ड ८ पटक विजयी भएको छ भने स्वीडेन ७ पटक विजयी भएको छ । ९ खेल बराबरीमा टुंगिएका छन् ।

आजै राति ११ः४५ बजे सोचीस्थीत ओलम्पिक स्टेडियममा क्रोएसिया र रुस भिड्नेछन् । आयोजक रुस विश्वकपको क्वाटरफाइनलमा पुगेको यो पहिलो पटक हो । क्रोएसिया भने दोस्रो पटक क्वाटरफाइनलमा पुगेको हो ।

अन्तिम १६ का खेलमा स्पेनलाई पाखा लगाउँदै रुस तथा डेनमार्कलाई हराउँदै क्रोएसियाले क्वाटरफाईनल भिडन्त तय गरेका थिए । रुस र क्रोएसियाबीच यसअघि ३ खेल भएका छन् । जसमा क्रोएसिया एक पटक विजयी भएको छ भने २ खेल बराबरीमा टुंगिएका छन् । योसँगै सेमिफाइनल समिकरण पुरा हुनेछ । यस अघि फ्रान्स र बेल्जियम सेमिफाइनलमा पुगिसकेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);