युरोकपमा शुक्रबार राती इङल्यान्ड र स्कटल्यान्डबीच प्रतिष्पर्धा हुदैँ | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

युरोकपमा शुक्रबार राती इङल्यान्ड र स्कटल्यान्डबीच प्रतिष्पर्धा हुदैँ

एजेन्सी । १६ औँ संस्करणको युरोकपमा शुक्रबार राती इङल्यान्ड र स्कटल्यान्डबीच प्रतिष्पर्धा हुदैँछ । युरोकपकोसमुह ‘डी‘ अन्र्तगत इंग्ल्याण्डको वेम्ब्ली स्टेडियममा घरेलु टोलीले स्कटल्यान्डको सामना गर्दैछ ।

नेपाली समयअनुसार मध्यरातिपौने १ बजे खेल सूरु हुने छ । अन्तरराष्ट्रिय फुटबलमा इङल्यान्ड र स्कटल्यान्ड टिमबीचको यो १०० औँ भिडन्त हो । युरोकपमा इङल्यान्ड र स्कटल्यान्डबीच अहिलेसम्म ११ खेलमा प्रतिष्पर्धा गरेका छन् ।

११ खेलमा स्कटल्यान्डले मात्र एकपटक इङल्यान्डलाई पराजित गरेको छ । यस खेलमापनि इङल्यान्डको नै जीतहुने प्रबल संभावना रहेको अन्तरराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

इङल्यान्डले युरोकपको पहिलो खेलमाक्रोएसियालाइ १– ० गोलको अन्तरले हराएको थियो भने स्कटल्यान्ड यो भन्दा अघिल्लो खेलमा चेक रिपब्लिकसंग २ – ० को गोल अन्तरले पराजित भएको भियो । योखेलमा इङल्यान्डका काल्भिनफिलिप्स स्कटल्यान्डका डेभिड मार्शललाई प्रमुख खेलाडी मानिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);