रुसमा जारी विश्वकप फुटबलअन्तर्गत सेमिफाइनलका खेल भोलिदेखि | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

रुसमा जारी विश्वकप फुटबलअन्तर्गत सेमिफाइनलका खेल भोलिदेखि

world cup

काठमाडौं, २५ असार । रुसमा जारी विश्वकप फुटबल अन्तरगत सेमिफाइनलका खेल भोलिदेखि सुरु हुँदै छ ।

भोलि नेपाली समयअनुसार राति ११ः ४५ बजे पहिलो सेमिफाइनल खेल हुने छ । पहिलो सेमिफाइनलमा १९९८ को विश्वविजेता फ्रान्स र पहिलो विश्वकपको खोजीमा रहेको बेल्जियमबीच हुने छ । सेन्ट पिटर्सवर्ग रंगशालामा हुने खेलको विजेताले फाइनल खेल्ने छ । । क्वार्टरफाइनलमा फ्रान्सले उरुग्वेलाई र बेल्जियमले पाँच पटकको विश्व विजेता ब्राजिललाई हराउँदै सेमिफाइनलमा भेट पक्का गरेका थिए ।

बुधबार हुने दोस्रो सेमिफइनल खेलमा पूर्व च्याम्पियन इंग्ल्याण्ड र क्रोएशिया आमनेसामने हुँदैछन् । बुधबार राति नेपाली समयअनुसार ११ः४५ मा मस्कोस्थित लुज्निकी रंगशालामा दोस्रो सेमिफाइनल हुनेछ । सेमिफाइनलमा पराजित दुई टोलीले तेस्रो स्थानका लागि आगामी शनिबार सेन्ट पिटर्सवर्ग रंगशालामा नेपाली समयअनुसार साँझ ७ः४५ बजे खेल्नेछन् । आगामी आईतबार लुज्निकी रंगशालामा बहुप्रतिक्षीत फाइनल खेल हुनेछ । यस पटक विश्वकपको उपाधि युरोपमै रहने पक्का भएको छ ।

क्वार्टरफाइनलमा युरोपका ६ र दक्षिण अमेरिकी दुई टोली पुगेकोमा उरुग्वेले फ्रान्स र ब्राजिलले बेल्जियमसँग हार ब्यहोरेपछि विश्वकपमा युरोपका टोली मात्र बाँकी रहेका हुन् । अहिलेसम्म २० संकरणको विश्वकप सकिँदा दक्षिण अमेरिकी टोलीले ९ र युरोपेली टोलीले ११ पटक विश्वकप उपाधि जितेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);