जिल्ला अदालत मोरङमा 'गोरे'को बयान सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मोरङ, ९ जेठ । ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती (गोरे) को जिल्ला अदालत मोरङमा बयान सुरु भएको छ । बुधबार दिउँसोबाट न्यायाधीश नारायण शर्माको इजलासमा उप्रेतिको बयान लिन सुरु गरिएको हो ।

‘उनको बयान सकिएपछि थुनछेक बहस हुनेछ’, अदालतका एक अधिकारीले भने । उप्रेती मंगलबार बिहान काठमाडौंको गौरीघाटबाट पक्राउ परेका थिए । उनलाई गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरी अदालतमा पेश गरिएको थियो ।

यसअघि मंगलबार सुन प्रकरणका ३० अभियुक्त मध्ये २८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको थियो । त्यसमध्ये एक जना धरौटीमा छुटेका छन् भने एक जनालाई सामान्य तारेखमा छाडिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);