पादरीको यौन अत्याचार सार्वजनिक गर्न खोज्दा सम्पादक मण्डलको जागिर चट | ईमाउण्टेन समाचार

Our Network

साउन २६ २०८३, बुधवार

पादरीको यौन अत्याचार सार्वजनिक गर्न खोज्दा सम्पादक मण्डलको जागिर चट

काठमाडौं, १५ चैत । भ्याटिकनको महिला पत्रिकाको सम्पादकीय मण्डलले आफ्ना समाचार दबाएको र समर्थक पत्रकार नियुक्त गर्न खोजेको भन्दै राजीनामा दिएका छन्।

उनीहरूले आफ्ना खोजी समाचारमा रोक लगाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। पत्रिकाकी संस्थापकले मंगलवार उक्त जानकारी दिएकी हुन्।

उक्त सम्पादकीय मण्डलमा सबै महिला छन्। इटालीको धार्मिक समाचार ब्लग ‘इल सिस्मोग्राफो’का तर्फबाट प्रकाशित सम्पादकीयमा ‘वुमिन चर्च वर्ल्ड’की संस्थापक लुसेता स्काराफियाले भनिन्, ‘हामीले हार खाएका छौं, हामीलाई अविश्वास गर्ने र क्रमशः अवैध ठहर्याउने वातावरण तयार गरी हामीलाई घेराबन्दीमा पारियो।’

पादरीहरूले नन (क्रिश्चियन भिक्षुणी)माथि गरेका यौन उत्पीडनका मुद्दा उठाउन थालेका थिए। ननहरूमाथि यौन अत्यचारका घटना सार्वजनिक हुन थालेपछि पादरीहरू भयभीत भएका थिए।

उक्त पत्रिका सात वर्षदेखि प्रकाशन हुन थालेको थियो। उक्त पत्रिका भ्याटिकनको ‘लाओसरवतोर रोमानो’ पत्रिकाका साथ मासिक रूपमा प्रकाशित हुने गर्छ। स्काराफियाले भनिन्, ‘उनीहरूका अपराध सार्वजनिक हुन थालेपछि लाओसरवतोरकी नयाँ सम्पादक आन्द्रिया मोन्दाले नियन्त्रण गर्न बाहिरी साझेदारलाई ल्याएर पत्रिकालाई कमजोर पार्न थालिन्।’

अत्याचारका समाचार लेख्नेभन्दा आज्ञाकारी व्यक्ति जम्मा गर्न थालेको उनले बताइन्। पोप फ्रान्सिसले चाहेबमोजिमका साचार मात्र प्रकाशित गर्न प्रतिबद्ध पत्रकार ल्याएर अप्ठेरो पारेको उनको भनाइ छ। यो समाचार आजको अन्नपुर्ण पोष्ट् दैनिकमा लेखेको छ ।

यो सात वर्षको बीचमा संसारभरका उच्च पादरीहरूका यौन दुव्र्यवहार सार्वजनिक भएका थिए।

ताजा समाचार