इंग्लिस प्रिमियर लिग : लेस्टर सिटीलाई २ गोलले हराउँदै म्यानचेस्टर युनाइटेड बिजयी | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८०, शुक्रबार

काठमाडौँ, ११ भदौ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड बिजयी भएको छ। लिग अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई २–० ले हराएर शतप्रतिशत विजयी यात्रालाई कायम राखेको छ।

 

पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा सबस्टिच्युडको रुपमा आएका मार्कस रास्फोर्डले ७० औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका हुन्।

 

८२ औं मिनेटमा मारुउएना फेलाइनीले गोल गरेपछि जोसे मोरिन्होको टिमले २-० को जित निकाल्यो। तीन खेलबाट ९ अंक जोडेको युनाइटेड ९ अंकसहित शीर्ष स्थानमा रहेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);