अग्ला खेलाडीमाथि होचा कदका नेपालीको बहादुरी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौं, ११ भदौ । लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा शनिबार नेपालको राष्ट्रिय टोली र डेनमार्कको भिलओभा क्लबबीच भएको मैत्रीपूर्ण भलिबल खेल सुरु हुनुअगाडि त्यहाँ पुगेका धेरै सर्मथकले नेपाली टोली सजिलै पराजित हुने आकलन गरेका थिए।

 

शारीरिक रूपले नेपाली खेलाडीका तुलनामा भिलओभा क्लबका खेलाडी निकै अग्ला थिए । त्यसैले भिलओभा नेपाली टोलीमाथि हावी हुने अनुमान समर्थकको ठीकै थियो। तर, पहिलो सेट सुरु भएदेखि नै नेपाली टोलीको प्रदर्शन दमदार रह्यो । सुरुमा अग्रता बनाएको नेपाले पहिलो सेट गुमाए पनि त्यसपछिको तीनवटै सेट जित्न सफल भयो।

 

पछिल्ला सेटमा नेपाल भिलओभाविरुद्ध हावी बन्यो। पहिलो सेट १७-२५ ले गुमाएको नेपालले त्यसपछिको तीनवटै सेन २५-१५, २५-२३, २५-२३ ले जितेको थियो। नेपाली टोलीले ३-१ को सेटमा खेल जितेलगत्तै मन्तव्य राखेका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले खेलाडीको तारिफ गरे।

 

राष्ट्रिय खेल घोषणासँगै भलिबलले उत्साहजनक नतिजा दिएको बताए । नेपाल भलिबल संघको समन्वयमा राष्ट्रिय खेलकुद परिषद्ले मैत्रीपूर्ण खेल आयोजना गरेको हो । नेपाली टोलीका प्रशिक्षक जगदीश भट्टले भिलओभा क्लबका खेलाडी कदमा अग्ला र शारीरिक रूपमा पनि बलिया भए पनि नेपाली खेलाडीले बहादुरीपूर्ण खेल खेलेको बताए। ‘डेनमार्कका खेलाडी हामीभन्दा शारीरिक रूपमा बलिया र अग्ला थिए । हाम्रा खेलाडीले उचाइ र शारीरिक बनावटमा भन्दा पनि खेलमा ध्यान केन्द्रित गरे र विजय हासिल गरे’, प्रशिक्षक भट्टले भने।

 

उनले डेनमार्कका खेलाडीको सर्भिस र स्पाइक राम्रो भए पनि नेपाली टोलीले रिसिभ र एड्याटिङ खेलेर नतिजा आफ्नो पक्षमा बनाएको बताए । विपक्षी टोलीमा आफूभन्दा निकै अग्ला खेलाडी भए पनि ओपन स्पाइकर मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट, नरेन्द्र गिरी र कुलबहादुर थापा तथा क्विक स्पाइकर महेन्द्र श्रेष्ठले उत्कृष्ट प्रदर्शन गरेका थिए।

 

विगतका प्रतियोगिताको तुलनामा नेपालको डिफेन्स र रिसिभ कमजोर देखिएको थियो। नेपालका लिबेरो र सेटरले राम्रो खेल्न नसक्दा डिफेन्स र रिसिभ कमजोर देखिएको थियो। प्रशिक्षक भट्टले पनि रिसिभ, डिफेन्स र बल सेटिङ राम्रो नहुँदा बेला बेलामा दबाब खेप्नु परेको, आजको अन्नपूर्ण पोस्टले खबर छापेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);